After header

होटलमा प्रेमीकालाई हत्या गरी प्रेमी फरार

काठमाडौँ । काठमाडौको एक होटलमा एक महिला मृत्य अवस्थामा फेला परेकी छन् । रामेछापको लिखु तामाकोशी घर भएकी प्रमीला उक्त होटलमा मृत्य अवस्थामा फेला परेकी हुन् । काठमाडौँको गौशालास्थित सिराहा धनुषा होटल एण्ड लजमा शनिबार साँझ प्रमीला दमाई मृत फेला परेकी हुन् । ४५ वर्षीया प्रमीला बसेको लजको कोठा दुई दिनसम्म नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् ।

काठमाडौँ महानगरपालिका–९ स्थित विजय चोकमा रहेको लजमा प्रहरी पुग्दा उनी मृत भेटिइन् । उनको हत्या उनकै ‘प्रेमी’ले हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले प्रमीलाको हत्या भएको बताए । उनले भने–‘हत्या गरेर आरोपी होटलबाट भागेको हाम्रो अनुसन्धानबाट थाहा भएको छ ।’

अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार आरोपी दोलखाका हुन् । प्रमीलाको घाँटीमा डोरीले कसेर हत्या गरेको भेटिएको छ । होटलमा प्रेमीले गलत विवरण राखेर कोठा बुक गरेका थिए । प्रमीला आफ्ना पतिसँगै गौशालामा बस्दै आएकी थिइन् । माघ २६ मा उनी प्रेमीसँगै सो लजमा पुगेकी हुन् । हत्या गरेर प्रेमीले होटलको कोठामा साँचो लगाएर भागेको भेटिएको छ ।

एक पटक पढ्नुहोस