काठमाडौं । नेपाल प्रहरीका डिएस्पी अनिल घिमिरिे माघ महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषित भएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डिएस्पी घिमिरे उपत्यका अपराध अनुसन्धान कार्यालयले कार्यरत कर्मचारीमध्ये माघ महिनाको सर्वोत्कृष्ट घोषणा गरेको थियो ।

डिएस्पी घिमिरे नेतृत्वको टोलीले लागुऔषध मुद्दाका प्रतिवादीलाई भगाएका जवानलाई १५ वर्षपछि पक्राउ गरेको थियो । उनी अपरान्ध अनुसन्धानमा हाजिर भएदेखि नै हरेक घटनाका सफल अनुसन्धान गरिरहेका अधिकृत हुन् ।
