After header

राप्रपाले बुझाएको माग र आन्दोलनलाई उपेक्षा गरिए विद्रोह हुने ः अध्यक्ष लिङ्देन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ४० बुँदे माग बुझाएका छन् । मागपत्र बुझाउदै अध्यक्ष लिङ्देनले राप्रपाले बुझाएको माग र आन्दोलनलाई उपेक्षा गरिए विद्रोह समेत हुनसक्ने चेतावनी दिएका छन् । अध्यक्ष लिङ्देनले ती ४० बुँदालाई माग मात्र ठानियो र आन्दोलनलाई उपेक्षा गरेको खण्डमा प्रदर्शन कठोर हुँदै विद्रोह हुने बताएका हुन् ।

‘४० बुँदे मागहरूलाई सशक्त रूपमा लैजान्छौं । सरकारले यसलाई मागको रूपमा मात्र नलियोस् । राप्रपाले शान्तिपूर्ण ढंगले प्रदर्शन आफ्नो अगाडि बढाउँदै लैजान्छ । तर त्यसलाई उपेक्षा गरियो भने कठोर बन्दै विद्रोहमा समेत जान सक्छ,’ उनले भने ।
‘बैंकको ब्याज एकल अंकमा झार्नुप¥यो । विगतमा बैंकहरूले अनियमित ढंगले असुली गरेको ब्याजको बारेमा छानबिन हुनुप¥यो त्यसका लागि उच्चस्तरीय आयोग गठन हुन प¥यो भनेका छौं,’ उनले भने ।

उनले देश यही अवस्थामा रहिरहन नसक्ने र नवीन सम्झौता गरेर नयाँ बाटोमा लैजानुपर्ने पनि बताए। त्यसका लागि पछाडि फर्कन नपर्ने लिङ्देनको भनाइ थियो । ‘पछाडि फर्कने पनि होइन । देश यहीँ पनि बसिराख्न सक्दैन। अब नवीन सम्झौता गरेर देशलाई नयाँ बाटोमा लैजानुप¥यो। जहाँ देशको कुनैपनि राष्ट्रिय शक्तिहरूले आफूलाई उपेक्षित महशुस गर्न नपरोस्,’ उनले भने ।

त्यस्तै ललितानिवास, सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण, वाइड बडी लगायतका ठूला भ्रष्टाचार काण्डहरूको पुनः र पूर्ण छानबिन गर्न माग गरेको छ। छानबिन प्रारम्भ भएपनि पर्याप्त नभएको लिङ्देनले बताए ।

एक पटक पढ्नुहोस