ललितपुर । नेपाली काग्रेस पार्टी भित्र कृष्ण सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष नबनाउने खेलमा केही नेता लागेको नेपाली कांग्रेस राष्ट्रियसभा दलका नेता रमेशजंग रायमाझीले आरोप लगाएका छन् ।महामन्त्री गगन थापाको प्रतिवेदनको चर्को आलोचना गदै उनले गगनले वर्तमान गठबन्धनलाई गिजोल्ने गरी महासमिति बैठकमा प्रस्ताव पेश गरेको भन्दै यसले पार्टीकै पनि हित नहुने उनले बताए ।
ललितपुरको गोदावरीमा जारी महासमिति बैठकको बन्दसत्रमा बुधबार समूहगत छलफलमा भाग लिँदै उनले महासमिति बैठकमा भविष्यमा गठबन्धन नगर्ने भनेर आएको प्रस्ताव वर्तमान गठबन्धनलाई गिजोल्ने गरेर आएको बताउँदै भने, ‘यसले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसले पाउने माहोललाई खलबल्याउने प्रयत्न गरिरहेको उनको जिकिर रहेको छ ।
नेता कृष्ण सिटौलालाई राष्ट्रियसभाको उम्मेदवार बनाउनुभन्दा अघि नै सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच अध्यक्ष दिने भनेर एकखालको सहमति भएको उनको जिकिर छ । तर, पार्टीमा एकाएक गठबन्धनलाई गिजोल्ने प्रयत्न हुँदा त्यो नपाउने हो कि भन्ने आशंका पैदा हुन थालिसकेको बताए । ‘हामीले के अध्यक्ष नलिन चाहेको हो ?’, उनको प्रश्न थियो ।
उनले मंगलबार सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबिच ५० मिनेट छलफल भएको पनि बैठकलाई बताए । ‘यो विषयलाई नेताहरुले कसरी लिनुभएको छ ?’, उनले भने, ‘भोलिका दिनमा गठबन्धन तलमाथि हुँदा हामी कतिका ओठमुख सुक्ने हुन् ? हामी सबै सुकाउन तयार हो ?’उनले भने ।
