रेडियो प्रस्तोताले कार्यक्रममै जन्माइन् बच्चा, प्रसव पीडादेखि सुरु गरिन् लाइभ

एजेन्सी– अमेरिकाकी एक रेडियो कार्यक्रम प्रस्तोता क्यासिडे प्रोक्टरले लाइभ रेडियो कार्यक्रममा बच्चा जन्माएकी छिन् । अमेरिकाको सेन्ट लुइसको ‘द आर्क’ स्टेशन नाम रेडियोकी प्रस्तोता क्यासिडेको यो  कार्यक्रमका लागि खाश तयारी गरिएको गियो ।

गत सोमबार जब प्रोक्टरलाई प्रसव पीडा सुरु भएको थियो, त्यसपछि रेडियोले अस्पतालभित्रै कार्यक्रमको तयारी ग¥यो । एक चर्चित कार्यक्रम प्रस्तोताको बच्चा उनकै कार्यक्रमको समयमा जन्मिरहेको लाइभ गरिदियो । उनले आफूलाई भइरहेको अनुभव, पीडा र चिच्याहट सवै कार्यक्रम प्रस्तोताका रुपमा प्रस्तुत गरिन् । उनकै सहयोगी प्रस्तोताले यसमा साथ दिएकी थिइन् ।

बीबीबीसँग कुरा गर्दै प्रोक्टरले बताइन् कि उनका लागि यो एकदम शानदार अनुभव हो । उनले भनिन्,  ‘बच्चा जन्मिने समय पहिले नै थाहा थियो तर उक्त समय भन्दा अघि नै व्यथाले च्यापेपछि आकस्मिक रुपमा यस्तो तयारी गर्नुपर्‍यो ।’

आफ्नो जीवनको सवैभन्दा मूल्यवान समय स्रोतासँग बाँड्न पाउनुलाई उनले अहोभाग्य भनेकी छिन् । उक्त समयलाई आफ्नै जीवनकै सुन्दर अनुभव बताएकी छिन् ।

उनी भन्छिन्, ‘रेडियोको लाइभ कार्यक्रममा बच्चा जन्माउनु मेरो कार्यक्रमकै एक हिस्सा हो । जुन कुरा म हरदिन गर्छु । मैले मेरा जीवनको सवै राज श्रोतासँग सेयर गरेकी छु र गर्न चाहन्छु ।’

उनले बच्चाको नाम जेमसन राखेकी छिन् । उक्त नाम पनि लाइभ कार्यक्रम सुनिरहेको स्रोताको सल्लाह बमोजिक राखेको उनले बताएकी छिन् । बच्चा जन्माउनु पहिले नै नामका लागि भोटिङ सुरु भइसकेको थियो । प्रोटेक्टर दम्पत्तिले छानेका १२ नाममा भोटिङ गरियो । भोटिङमा जेमसनले जित्यो ।

प्रोटेक्टरकी सहयोगी प्रस्तोताले यसलाई एकदमै जादुयी र सानदशादार पल बताइन् ।

बीबीबसी हिन्दीबाट अनुवादित

एक पटक पढ्नुहोस