नेपाल बैंकले एफ पी ओ जारी गर्दै, छिट्टै निस्कासन गर्ने तयारीमा बैंक

काठमाडौं। नेपाल बैक लिमिटेडको ५८ औ वार्षिक साधारणसभाले बैकको पुँजीगत अवस्था सुदृढिकरण गर्न चालु आर्थिक वर्षमा एक अर्ब ७६ करोड ८४ लाख ८५ हजार आठसय रुपैयाँको एफपिओ जारी सम्बन्धमा आवश्यक गृहकार्य अघि बढाउन संचालक समितिलाई निर्देशन दिएको छ।
नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर स्वामित्व रहेको बैंकले चुक्ता पुँजी ८ अर्ब ४ करोड रहेको यस बैकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एक अर्ब ६३ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। पुस मसान्तसम्ममा बैंकले ९१ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकले ५४ जिल्लामा १३५ शाखा ११ एक्सटेन्सन काउन्टर र ५४ वटा एटिएम आउटलेटमार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष वित्तीय सेवा दिँदै आएको जनाएको छ। बैंकले भविष्यमा पनि ग्राहकलाई लक्षित गरी नयाँ एवं आधुनिक बैंकिङ सेवा सुरु गर्ने जनाएको छ।
एक पटक पढ्नुहोस