काभ्रे । काभ्रेका क्रियाशील पत्रकारहरुले सङ्घर्ष समिति गठन गरेका छन् । विगत झण्डै आधा दशक देखि आफूहरु पत्रकारिता पेशामा आवद्ध रही निरन्तर क्रियाशील रही पत्रकारिता गर्दै आएकोमा महासंघले नैं खुलाएको विभिन्न मितिको नयाँ सदस्यता आव्हानमा आफूहरु लाई विभिन्न बहानामा सदस्यता दिन आलटाल गर्दै गरेको भन्दै उनीहरुले संघर्ष समिति गठन गरेको बताएका छन् । उनीहरूले आफूहरु अब पनि आफ्नो सदस्यता टुंगोमा पुर्याउन नसके चरणबद्ध आन्दोलन गर्ने समेत कार्यक्रम तय गरेको उनीहरूले बताएका छन् । क्रियाशील पत्रकारहरु मानकाजी सुवाल,मणिराम दाहाल,पूजन धिताल, अरविन्द गौतम, रोशन पौडेल, रूपक घिमिरे, भक्त बहादुर दाहाल, बालकृष्ण, बजगाई,अमित न्यौपाने,हरिहर घिमिरे सहित तीन दर्जन क्रियाशील पत्रकारहरुले समितिमा आवद्धता जनाई आन्दोलनमा सहभागी हुने जनाएका छन् ।
समितिको पहिलो बैठकले निर्णय गरेर पहिलो चरणको आन्दोलनमा महासंघलाई चेतावनी सहितको ज्ञापनपत्र भोलि बिहान १० बजे बुझाउने कार्यक्रम रहेको बताइन्छ ।

काभ्रेका क्रियाशील पत्रकारहरुद्वारा सङ्घर्ष समिति गठन
नयाँ सदस्यतामा सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी
Prev Post
Next Post
एक पटक पढ्नुहोस