After header

खोलामा डुबेर १३ वर्षीय बालकको मृत्यु

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ११ स्थित झिगु खोलामा डुबेर अमृत परियारका छोरा १३ वर्षीय बालकको ज्यान गएको छ ।

मंगलबार दिउँसो १ बजेको समयमा पाँचखाल– ११ बासकोटे झिगु खोलामा डुब्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । झिगु खोला कलबर्डमा डुबेर उनको मृत्यु भएको हो । घटना बारे थप अनुसन्धान भइहेको काभ्रे प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस