After header

काभ्रे एमालेको ११औँ अधिवेशन सुरु

सर्वसम्मत् नभए प्रतिनिधिले नेतृत्व छान्छन् ः अध्यक्ष ओली

काभ्रे / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जिल्ला अधिवेशनमा सर्वसम्मत् नेतृत्व चयन गर्न आग्रह गरेका छन् । उनले आज धुलिखेलमा आयोजित नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटिको ११औँ जिल्ला अधिवेशन उद्घाटन गर्दै जिल्ला तथा केन्द्रीय तहका नेतालाई अधिवेशनमा कस्लाई नेतृत्व दिने भनने विषयमा दबाब नदिन आग्रह गरे ।

अध्यक्ष ओलीले पार्टीभित्रको नेतृत्व चयनका लागि चुनाव गर्ने हैन, ‘मिशन–०८४’मा लागेको एमालेलाई पार्टीभित्रै निर्वाचन गरेर मनमुटावको अवस्था नल्याउनसमेत निर्देशन दिएका छन् । उनले अभिवेशनका प्रतिनिधिलाई नेताको ‘ह्वीप’ नमान्न पनि निर्देशन दिएका छन् ।

‘प्रतिनिधिले कस्लाई नेता बनाउने भन्नेमा सबैको टाउको चिनेकै छन्, कसैले सिकाउनुपदैृन, उनीहरुले आफ्नो नेता आफैं छान्छन् । सबै पदमा सबै क्षमतावान् हुन्छन् त्यसैले प्यानल पनि बनाउनुपर्दैन’ पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले भने ।ओलीले अर्को पसङ्गमा राष्ट्र समृद्ध बनाउन निर्णायक शक्तिको आवश्यकता औंल्याए । उनले समृद्ध नेपाल–सुखी नेपाली’को अभियानलाई सार्थकता दिन आगामी निर्वाचनमा एमालेले सर्वत्र बहुमत ल्याउनुपर्ने बताए ।

कार्यक्रममा एमालेका स्थायी कमिटि सदस्य गुरु बरालले नवप्रवर्तनका कार्यक्रममार्फत विदेशिने जनसङ्ख्यालाई जनशक्तिको रुपमा स्वदेशमै परिचालन गनुपर्ने बताए । पार्टीको पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले एमालेको समृद्धीको अभियानमा साथ दिन आग्ह गरे ।

अर्का पोलिटब्यूरो सदस्य कृष्ण राई र बाग्मती प्रदेश अध्यक्ष कैलास ढुंगेलले एमालेको मिशनले हरेक क्षेत्रमा उत्साह पैदा भएको बताए । जिल्लाध्यक्ष अशोक ब्याञ्जूको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेका प्रवेश गरेकालाई टिका–मालाले स्वागत गरेका थिए ।

१ सय ३५ वडा र जनबर्गिय संगठनबाट छनौट भएका प्रतिनिधीहरुका आधारमा मनोनित समेत गरी ६ सय ९० प्रतिनिधीहरु सहभागि हुने एमाले काभ्रेले जानकारी दिएको छ । नयाँ कमिटी १ सय ५ सदस्यीय हुनेछ ।

एक पटक पढ्नुहोस