काभ्रे / नमोबुद्ध नगरपालिको दोस्रो नगर सभा एवं पाँचौं अधिवेशनको सुुरु भएको छ । शुक्रबारको पहिलो बैठकमा आउँदो आर्थिक बर्षका लागि नगरको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।बैठकमा नगरप्रमुख कुन्साङ लामाले विभिन्न विषयगत बुँदामा नगरको नीति–कार्यक्रम प्रस्तुत गरेका थिए । लामाद्वारा प्रस्तुत कार्यक्रममा पर्यटन,औद्योगिकिकरण, कृषि प्रवद्र्धन, स्वास्थ्य सस्थाको स्तरोन्नती, खेलकुद प्रवद्र्धन लगायका विषयलाई प्राथमितामा राखिएको छ ।
निति तथा कार्याक्रममा आर्थिक विकास नीतिअन्तर्गत खाद्यान्न र तरकारमिा आत्मनिर्भर हुँदै व्यापारको नीति अलम्बन गर्ने, रासायनिक मलको अभावलाई परिपूर्ति गर्न नेपाल सरकार र प्रदेश सरकारको समन्वयमा मलको कोटा बढाउन पहल गर्ने, एक गाउँ–एक कृषि तथा पशु प्राविधिक, एक वडा – एक कृषि दुग्ध तथा एक पालिका – एक पशु चिकित्सकको ब्यवस्थापन गरी कृषकको घरआँगनमा विज्ञ कृषि प्राविधिकको सेवा उपलब्ध गराउने लगायत चालु आर्थिक आर्थिक बर्षका कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।
यस्तै, पशुपंक्षीका क्षेत्रमा कृषि फर्म सञ्चालन गरी रोजगारी बढाई किसानलाई दुधमा विक्रीका आधारमा अनुदान दिन कानुन निर्माण गर्ने नीति तथा कार्यक्रममा रहेको छ ।औद्योगिक तथा ब्यवसायिक प्रबद्र्धनका क्षेत्रमा स्थानीय ज्ञान, सीप र पुँजि र प्रविधिको प्रयोग गरी सञ्चालन गरी परम्परागत साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने, गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत थप नयाँ उद्यमी सिर्जना र पुराना उद्यमीहरुलाई स्तरोन्नती कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यसैगरि, ‘कृषि, पर्यटन र ब्यापार – समृद्ध नमोबुद्धको आधार’ भन्ने मूल नारा बोकेको नगरले ऐतिहासिक सम्पदालाई विश्व सम्पदामा सूचीकृत गर्न पहल गर्ने, नगरका धार्मिक तथा पर्यटकीयस्थलबारे स्थानीय पाठ्यक्रममा समावेश गर्ने तथा नगरका मठ–मन्दिरमा ‘धार्मिक पर्यटन परिपथ’ निर्माण गर्ने नगरप्रमुख लामाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
बैठकमा रोजगारसम्बन्धी नीति, खानेपानी तथा सरसफाई नीति, शिक्षा तथा खेलकूद नीति स्वास्थ्य नीति, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङगता र सामाजिक समावेशीकरणसम्बन्धी नीति, भौतिक पूर्वाधार विकास नीति, बातावरण संरक्षण एवं विपद् ब्यवस्थापन नीति, फोहोरमैला नीति, सूचना, सञ्चार तथा प्रविधि विकाससम्बन्धी नीति, संस्थागत विकास तथा शुसासनसम्बनधी नीति, राजश्व परिचालनसम्बन्धी नीति, सम्बन्ध, सहकार्य तथा साझेदारीसम्बन्धी नीति, सामाजिक परिचालन तथा सामाजिक सशक्तिकरणसम्बन्धी नीति र न्यायीकसम्बन्धी नीतिलाई बुँगत रुपमा नगरप्रमुख लामाले प्रस्तुत गरेका थिए ।
शुक्रबारको पहिलो बैठकमा नगरप्रमख लामाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत्रुपमा पारित भएको छ । नगर अधिवशेनअन्तर्गत आउँदो सोमबार (असार १० गते) तय गरिएको दोस्रो बैठकमा आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि बजेट बिनियोजन गर्ने कार्यक्रम रहेको छ ।
