सेयर गर्नुहोस लन्डन — इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार शीर्षस्थानको म्यानचेस्टर सिटीले स्टोक सिटीलाई २–० ले पराजित गरेको छ । म्यानचेस्टर सिटीको जितमा दुवै गोल स्पेनिस मिडफिल्डर डेविड सिल्भाले गरे। उनले पहिलो हाफको दशौं र दोस्रो हाफको ५० अौं मिनेटमा गोल गरेका हुन्। यस जितसँगै सिटीले ३० खेलमा ८१ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भन्दा सिटी १६ अंकले अगाडी छ। सेयर गर्नुहोस FacebookTwitterWhatsAppGoogle+ReddItPinterestEmail