काभ्रे । नेपाल पुलिस स्कुल सागाँको आयोजनामा विद्यालय स्तरिय राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आज साउन १७ गतेबाट सुरु भएको छ । नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष उदयकुमार श्रेष्ठले एक कार्यक्रमको बिच उक्त खेलको उद्धघाटन गरेका छन् । खेलको उद्धघाट गदै श्रेष्ठले खेल भनेको स्वास्थ्यका लागि सधैव फाईदाजनक बताउदै झनै ब्याडमिन्टनले सधै शरीरका मांसपेशीलाई सधैव चलामयन गर्ने खेल रहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रार्चाय मोहन पौडेलले उचित मार्गनिर्देशन पाएमा खेलमा लाग्ने विद्यार्थीहरुको भबिष्य उज्वल रहने बताए । प्रत्येक वर्ष हुने उक्तले केही समय देखि रोकिएको र यसलाई फेरी निरन्तरता दिन यस वर्षबाट सुरु गरिएको पौडेलले जानकारी दिए । अहिले ओलम्पिक खेलिरहेका प्रिन्स दाहाल कुनै समय यहि विद्यालयको हलमा ब्याडमिन्टन खेल्ने गरेको कुरा पनि स्मरण गराउदै उनले यस खेलमा सहभागि सम्पूर्ण विद्यार्थीहरुलाई स्वागत एवं धन्यावाद दिएका थिए ।
साउन २० गते सम्म चल्ने प्रतियोगितामा आयोजक सहित उपत्यका र उपत्यका बाहिरका गरि २८ विद्यालयका ११९ जनाले सहभागिता जनाएको शिक्षक एवं विद्यालयका मिडिया सयोजक हरि कार्कीले जानकारी दिए । प्रतियोगितामा ११, १३ र १६ बर्ष तीन उमेर समुहका छात्रछात्राले छ विधामा प्रतिस्पर्धा गर्ने कार्कीले जानकारी दिए ।
ं प्रतियोगिताको व्यतिmगत विधातर्फको विजेताले नगदसहित प्रमाणपत्र र मेडल र मेडल संख्याका आधारमा उत्कृष्ट हुने विद्यालयले ट्रफि पाउने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट खेलाडीलाई पनि आकर्षक पुरस्कार दिईने आयोजकले जनाएको छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग सञ्चालन भईरहेको प्रतियोगिता विद्यालयस्तरको सबैभन्दा ठुलो प्रतियोगिता भएको आयोजकले दावी गरेको छ ।
उद्धघाटन समारोहमा नेपाल ब्याडमिन्टन संघका पदाधिकारीहरु, स्थानिय समाजसेविहरु, सहभागी विद्यालयका खेलाडी र प्रतिनिधीहरु, पत्रकार लगायत विद्यालय परिवारको उपस्थिति रहेको थियो । उद्धघाटन कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।