सुर्खेत । चार मन्त्रालय सहित कर्णालीमा नेपाली कांग्रेस सरकारमा जानेभएको छ । चारमध्ये तीन जना संस्थापन पक्षधर छन् भने सुरेश अधिकारी इतर पक्षधर हुन् । ८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमालेले सम्हालिरहेको छ भने चारवटा कांग्रेसले सम्हाल्ने छ ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेश प्रमुखको पदभार ग्रहणपछि कांग्रेस आज नै सरकारमा सहभागी हुने सम्भावना रहेको बुझिएको छ । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले बिहीबार राष्ट्र«पतिबाट शपथ लिएर आज सुर्खेत आउँदै छन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीका अनुसार बिहान ९ बजेपछि नयाँ प्रदेश प्रमुखको पदभार ग्रहण कार्यक्रम रहेको छ ।
कांग्रेस प्रमुख सचेतक विष्टले प्रदेश प्रमुखको पदभार ग्रहणपछि आज नै कांग्रेसले सरकारमा सहभागिता जनाउने करिब निश्चित जस्तै रहेको बताए ।यद्यपि को–को मन्त्री बन्दै छन् भन्ने कुरा उनले खुलाएनन् । ‘मन्त्री बन्नेहरूको नाम माथिबाट आउँदै छ,’उनले भने, ‘आएपछि हामी मुख्यमन्त्रीलाई बुझाउँछौ, उहाँले प्रदेश प्रमुखलाई बुझाउनुहुन्छ ।’
विष्टका अनुसार निलम्बित कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मन्त्रीको लागि अन्तिम नामावली पठाउनेछन् ।