After header

न्यायाधीशहरु माथि पनि अख्तियारले छानबिन गर्ने व्यवस्था राख्नुपर्छ ः सांसद राजन

काठमाडौँ । न्यायाधीशहरु माथि पनि अख्तियारले छानबिन गर्ने व्यवस्था राख्नुपर्ने माग उठेको छ । नेपाली कांग्रेसका सांसद राजन केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब न्यायाधीशहरूमाथि पनि छानबिन गर्न सक्ने बनाउन माग गरेका छन् ।

बुधवार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि आफ्नो धारणा राख्दै उनले यस्तो माग गरेका हुन्।अख्तियारले मुद्दा हाल्ने तर न्यायाधीशले सफाइ सहजै दिने गरेको भन्दै उनले छानबिन गर्न माग गरे । उनले अख्तियारले निजी क्षेत्रमा प्रवेश गर्न नहुने समेत माग गरे ।

एक पटक पढ्नुहोस