After header

सस र चाउमिन बनाउने कारखानामा आगोलागि हुँदा लाखौंको क्षति

काभ्रे । सस र चाउमिन बनाउने कारखानामा आगोलागि हुँदा लाखौंको क्षति भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–२, थिङ्ग गाउँमा सस र चाउमिन बनाउने एक कारखानामा बिहीबार बिहान आगलागी हुदाँ लाखौंको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला दोलखा तामाकोशी गाउँपालिका–१ घर भएका शम्भु कार्कीले सञ्चालन गर्दै आएको फलामको ट्रस्ट र जस्ताले बनेको टहरामा बिहान करिब ५ः३० बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई आगलागीको खबर बिहान ५ः५५ बजे प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको र । स्थानीयहरूको सहयोगमा करिब ६ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आगलागीले कारखानामा बनाइएको सस, चाउमिन, कच्चा पदार्थ, १९ थान सस र चाउमिन बनाउने मेसिन, र बा ३९ प १७९७ नम्बरको मोटरसाइकल सहित कारखाना पूर्ण रूपमा जलेर नष्ट भएको छ । तर, कुनै पनि मानवीय क्षति भने भएको छैन।

कारखाना सञ्चालक शम्भु कार्कीका अनुसार, उक्त कारखाना बुधबार राति ८ः०० बजे बन्द गरिएको र बिहीबार बिहान ५ः३० बजे पुनः कारखाना खोल्न जाँदा आगो बलिरहेको अवस्थामा देखिएको उनको भनाई थियो ।आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने केकति क्षतिको भने विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस