After header

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बस घुमाउनेमा दुर्घटना

काठमाडौँ । महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको बस मुग्लिङ–नारायणगढ सडकखण्डका घुमाउनेमा दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुरमहानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

घाइतेहरुलाई उपचारको लागि भरतपुर लगिएको उनले जानकारी दिए । बसमा आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

एक पटक पढ्नुहोस