जनकपुरधाम । घरबाटो प्रमाणित गरी दिनका भन्दै घुस लिएको आरोपमा वडाअध्यक्ष र वडासचिव सहित तिनजनालाई पक्राउ परेका छन् जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष र वडा सचिवसहित तीनजना साढे चारलाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास
कार्यालयको संयुक्त टोलिले वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुलाई आज दिउँसो वडा कार्यालय परिसरबाटै सेवाग्राहीबाट लिएको घुस रकम ४ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको अख्तियारका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।