After header

सरकारमा रहेका ठुल्लादलबिच नै चुनावी प्रतिस्पर्धामा

जिल्ला सहकारी सघंमा अमन र राजनको भिड्न्त

काभ्रे । सरकार जस्को र जो सँग मिलेर बनेपनि पदका लागि कोही कसैसगँ पनि मिल्दैन भन्ने उदाहरण यतिबेला काभ्रेको जिल्ला सहकारी सघंको निर्वाचनमा देखिएको छ । सरकार काग्रेस र एमाले मिलेर बनेपनि तर अन्य ठाउँमा भने मिलेर जान नसकने यो सरकार गठन भएपछिको पहिलो शुभेच्छुक सस्थाको निर्वाचनमा काभ्रेमा देखिएको छ ।

यस्ता निर्वाचन काभ्रेमा भोलिका दिनमा अरु सस्थाको पनि आईरहेका छन् । यसले गर्दापनि भोलिका दिनमा हुने निर्वाचनमा एमाले र काग्रेस मिलेर जान नसक्ने यो पहिलो उदाहरण देखिन्छ । सबैलाई अध्यक्ष पद नै प्यारो मानेपछि सरकार एकातिर गठबन्ध अर्कातिर देखिएको छ । यो एउटा उदाहरण र पदका लागि जो जहाँ पनि मिल्न सक्छ सरकार को कहाँ छ भन्ने अर्थ नलाग्ने यस निर्वाचनबाट देखिएको छ ।

जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको नयाँ सञ्चालक समितिको नेतृत्वका लागि आज बुधबार निर्वाचन हुने भएको छ । निर्वाचन कार्यक्रमअन्तर्गत हिजो मंगलबार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भैसकको छ । अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी कमला अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अब अध्यक्ष पदमा राजन शाक्य र अमन पोटे श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । शाक्य मोडेल बचत तथा ऋण सहकारी संस्थाबाट प्रतिनिधित्व गर्छन् भने पोटे बनेपा बचत तथा ऋण सहकारीका प्रतिनिधि हुन् ।

जिल्ला सहकारी सघंका उपाध्यक्षसमेत रहेका पोटे नेपाली कांग्रेस निकट मानिन्छन् भने अर्का उम्मेदवार शाक्य एमाले निकटका हुन् । सहमतीमा केन्द्रीय सरकार बनिरहेको अवस्थामा काभ्रेपलाञ्चोकमा भने सरकारमा रहेका ठुलादलहरु नै एक आपसमा भिडन्ततिर लागेका छन् । आफ्नो पदका लागि सासजोगाउन यतिबेला जिल्ला सहकारी सघंमा नया गठबन्ध बनेको छ ।

सरकार सँगै चलाएको एमाले र काग्रेस मिलेर गईरहेको अवस्थामा काभ्रेमा भने एमाले र काग्रेस निकट खुलेर निर्वाचनका लागि प्रतिस्पर्धामा होमिएका छन् । जसमा अध्यक्ष पदका लागि काग्रेस निकटका अमन पोटे श्रेष्ठको टिमलाई माओवादी र समाजवादी लगायतको साथ छ भने अर्का एमाले निकट अध्यक्ष पदका उम्मेदवारको राजन शाक्यको टिम भने एक्लै निर्वाचनमा होमिएको छ । यसरी पार्टीगत नै छुटाछुट्टै टिम नै बनाएर निर्वाचनमा होमिएकाले कस्ले बाजी पर्ला यो भने निर्वाचनको परिणम आएपछि थाहा होला ।

अन्य पदका लागि भने महिला उपाध्यक्षमा मिरा सत्याल र राधिका दाहाल घिमिरे, उपाध्यक्षमा ठाकुरनाथ अधिकारी र शान्ति लामा तामाङ तथा सचिवमा प्रकाश बन्जारा र यदुनाथ हुमेगाईंबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा र हिमाली श्रेष्ठ तथा ६ जना सञ्चालक सदस्यमा अनन्त सत्याल, अम्बिका तिमल्सिना, जगन्नाथ श्रेष्ठ, पूर्णसागर रंजित, बलराम मानन्धर, मोहनकुमार श्रेष्ठ, रोशनकुमार श्रेष्ठ, लक्ष्मण गौतम, सिद्धीलाल श्रेष्ठ, सुदर्शन अधिकारी, श्यामहरि सापकोटा र शिवप्रसाद ढुंगेल गरी १२ जनाको उम्मेदवारी परेको छ ।

महिला सञ्चालक ४ जना चाहिनेमा देवकी तिमल्सिना दाहाल एकजनाको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध भएकी छन् । यस्तै लेखा सुपरिवेक्षण समितिको महिला सदस्यमा उम्मेदवारी नै दर्ता भएन । लेखा सुपरिवेक्षण समितिको संयोजकमा गणेशप्रसाद भट्टराई र डिल्लीप्रसाद आचार्यबीच प्रतिस्पर्धा हुँदैछ ।

लेखा सुपरिवेक्षण समितिको सदस्यमा प्रेमनाथ शर्मा कोइराला र पवनराज कर्णजीतबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचनका लागि ३ सय ४६ जना सदस्य रहेका छन् ।

एक पटक पढ्नुहोस