काभ्रे । अर्थमन्त्री विष्णु पौडेलले अध्धयनविना बातावरणमैत्री बनाउन नसक्दा बातावरण बिग्रएको र प्रतिकूलस्वरुप विकासमा खर्च समेत बढेको बताएका छन् । आज काभ्रेको धुलिखेलमा चैतन्य एकेडेमी नेपालद्वारा आयोजित ‘हरित अर्थतन्त्र प्राप्ति ः नेपालमा तीन तहको सरकारबीच समन्वय’ विषयक दुईदिने नीति–संवाद कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले जे गर्दा आर्थिक समृद्धि हाँसिल, आर्थिक बृद्धि तथा सम्पन्नता प्राप्त हुन्छ त्यही गर्ने नीति लिएको बताए । सुख्खा याममा आन्तरिक उडानबाट जताततै हेर्दा पहाड चिथोरेको जस्तो देखिन्छ, सडक अन्यलगायत पूर्वाधार चाहिएपनि मन्त्री पौडेलले बातावरणीय प्रभाव मूल्याङ्कन नगर्दा बाढी–पहिरोको जोखिम बढेको उनको भनाई थियो । विना अध्ययनका आयोजनाले प्रकोप बढिरहेका छन्, अब यस्तो पद्धतिबाट मुक्त हुनुपर्दछ उनले भने । क्रमशः उर्जा उत्पादनलाई निरन्तर दिँदै ‘क्लिन इजर्नी’लाई घर र यातायातमा प्रयोग गर्नेगरी पु¥याउनुपर्ने आवश्यकता औंल्याए ।

बातावरणीय सन्तुलनबाट कायम गरेर मात्रै गरिने आर्थिक बृद्धिदर दिगोपना हुने बताए । दिगोपनाको आर्थिक बृद्धिदरले मात्रै राष्ट्रलाई प्रतिफल दिनसक्ने उनको भनाई थियो । बातावरणीय सन्तुलन कायम नगरी गरिने आर्थिक बृद्धिले अन्ततः दिगो हुन सक्दैन र त्यसले राष्ट्रलाई राम्रो प्रतिफल दिन पनि सक्दैन, यसबाट भावि पुस्ताका निम्ति अकल्पिनीय बोझ छाडेर जाने चुनौति सिर्जना हुन दिनु हुँदैन”, मन्त्री पौडेलले थप्पे ।
बातावरणीय सन्तुलनसहितको आर्थिक बृद्धिदर बढाउनुपर्नेमा उनको जोड थियो ।हामी नवकरणीय उर्जा, कार्बन उत्सर्जन न्यूनीकरण, फोहोरको पुनःप्रयोग, बातावरण प्रदूषण र प्राकृतिक सम्पदाको सदुपयोगको विषयमा सन्तुलित दृटिकोणले जानुपर्छ, यसले मात्रै दिगो आर्थिक बृद्धि हुनेछ ।
नेपालमा हरित अर्थतन्त्र पैरवीको चरणमा रहेकाले पैरवी पनि प्राकृतिक सन्तुलनमा आधारित भएर गर्न सरोकारवालालाई उनले आग्रह गरे । दुईदिन सम्म चल्ने यस भेलाले सरकारलाई समेत हुने गरी निति नियम र कसरी तिनतहकै सरकार चलाउन आवश्यक पर्ने कानुन पनि तयार बारेर बुझाउन उनले आग्रह गरे ।

कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले ‘स्थिर सरकार’ आएकाले चालु आथिृक बर्ष र आउँदो आवमा आर्थिक आशालाग्दो देखिएको बताए । उनले घाटादर घट्दै रु पाँच अर्बमा झर्नु सकारात्मक भएको उल्लेख गर्दै आवश्यक सम्पूर्ण सामग्री आयात गर्नसक्ने क्षमतामै रहेको बताए । नेपाल सरकारका पूर्वमुख्यसचिव तथा सेमिनार सभाध्यक्ष डा. विमल कोइरालाले सरकारले आर्थिक बद्धिदरको नीतिमा मात्रै लिएर नहुने भएकाले तीनै तहका सरकारले समन्वयात्मक भूमिका खेल्दै पूर्णरुपमा प्रतिफलपूर्ण योजनामा जानुपर्ने धारणा राखे ।
एकेडेमीले विगत १२ वर्षदेखि देशको समग्र विकास, रुपान्तरण एवं समृद्धिलाई मुख्य विषय मानेर देशमा उपलब्ध विज्ञहरूको सहभागीतामा बौद्धिक आयोजना गर्दै जनाएको छ । त्यसैको निरन्तरता स्वरुप यस वर्ष ‘हरित अर्थतन्त्र प्राप्ति ः नेपालमा तीन तहको सरकारबीच समन्वय’ विषयक दुईदिने नीति–संवाद कार्यक्रम आयोजन गरेको एकेडेमिका निर्देशक एवं कार्यक्रम संयोजक गणेश प्रसाद जोशी जानकारी दिए ।
नेपाल सरकारले पनिसमृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य लिएको बताउँदै यसलाई साकार तुल्याउन भूमिका खेल्नु प्रत्येक नागरिकको कर्तव्य भएको जोशीले बताए । ‘विभिन्न असजह परिस्थितिले मुलुक अप्ठ्यारो व्यहोरी रहेकोछ । यतिबेला सबैले सकरात्मक ऊर्जा प्रदान गर्ने कार्यक्रम गर्न आवश्यक छ’ उनले भने ।
कार्यक्रममा नेपाल सरकारका कर्मचारी, स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरु, प्रदेश सरकारका कर्मचारीहरु तथा जनप्रतिनिधिहरु, उद्ययमी, व्यावसायिक, अध्यापक, शिक्षाकर्मी, विद्यार्थी, इन्सुरेन्स क्षेत्रका प्रतिनिधिहरु, राजनीतिकर्मी, स्वतन्त्र अध्येता एवं राष्ट्रिय चिन्तन बोकेका सम्पूर्ण व्यक्तित्वको कार्यक्रममा सहभागीता रहेका छन । कार्यक्रममा विभिन्न विशिष्ट ब्यक्तिहरुले महत्वपूर्ण सेसनको सञ्चालन गर्ने छन् ।
