After header

बिबीसी क्लबको आयोजनामा बनेपा महोत्सव आज बाट सुरु

काभ्रे । हाम्रो अभियान खेलको शान, संस्कृति र सम्बृद्धि बनेपाको पहिचान भन्ने मूलानारा सहित काभ्रेको बनेपामा आजबाट महोत्सव सुरु भएको छ । बनेपा ब्वाइज क्लबद्वारा आयोतिज महोत्सवको बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले एक कार्यक्रमको बिच उद्धघाटन गरेका छन् । स्थानीय उत्पादन संरक्षण र प्रवद्र्धन गर्नु सरकारको दायित्व भएको भन्दै उनले यस्ता मेला, महोत्सवले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए । महोत्सवमा कमाउनु भन्दा पनि सफ र स्वाच्छ र सहुलियत मेला गर्न उनले आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम, कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, जिल्ला सहकारी सघंका अध्यक्ष अमन पोटे, नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, बनेपा नगरपालिका वडा नं ७ का कार्यवहाक अध्यक्ष रामप्यारी श्रेष्ठ लगायतले बिबिसी क्लबले आयोजना गरेको महोत्सव सफलताको कामना गदै आम सबैले काभ्रेलीले महोत्सवमा आई मनोरञ्जन समेत लिन आग्रह गरेका थिए ।

बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रबद्र्धन, खेलकूद विकास गर्ने उद्देश्यले बनेपा नगरपालिका– स्थित उग्रेश्वर महदेव मन्दिर परिसरमा मेलाको आयोजना गरिएको क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिए । उनका अनुसार उक्त मेलामा कृषि, घरेलु सामग्री लगायतका करिब एक सय वटा प्रदर्शनी कक्ष रहेको समेत उनले जानकारी दिए ।

मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई साँस्कृतिक कार्यक्रम समेत गरिने उनले जानकारी दिए । मेलामा खेल प्रतिस्पर्धा, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपा सम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन गरिनेछ ।

मेलामा स्थानीय कला, संस्कृति झल्कने झाँकी प्रदर्शन, बाजागाजा, मौलिक नाच सहित महोत्सवको उद्धघाटन गरिएको थियो ।

एक पटक पढ्नुहोस