काभ्रे । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तीमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण गरिएको महामानव विपी कोइरालाको प्रतिमा अनावरण समारोहलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कांग्रेसले कामै गर्दैन भन्छन् है विचार गर्नु । कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन । अनि खाइदेला नि अरू पार्टीले । त्यस कारणले कांग्रेसले अरू बढी काम गर्नु¥यो । जनतासँगको सम्बन्ध बढाउनु प¥यो । जनताको दिल जित्नुप¥यो । जनताको कामहरू गर्नु¥यो । त्यस कारण जनताको कामहरू हामीले गर्दै जानुपर्दछ ।’ उनले भने ।
सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताए । वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको उनले दावी गरे । दुई मुख्य पूतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ”, देउवाले भने ।

उहाँले कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि संगसंगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गरे । अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरुको मन जित्नेगरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीयस्तरका विकास योजनामा सँगैसँगै गई जनताको दुःख, पीर–मर्का बुझ्न शहर हैन गाउँ गाउँ जान समेत उनले निर्देशन दिए ।
सभापति देउवाले कांग्रेसलाई एक नंवरको पार्टी बनाउने इच्छा र उद्देश्य रहेको बताए । नंवर वान पार्टी बन्नका लागि पनि जनताको काममा लाग्नैप¥यो, यसका लागि म सबै साथीहरुलाई पुनः आग्रह गर्दछु उनले भने ।सभापति देउवाले इतिहास मात्रै भजाएर भजाएर मात्र नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने दोहो¥याए ।
विपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधामन्त्री हुँदा विपी राजमार्गको सुरुआत गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री एवं विपीपुत्र डा शसांक कोइरालाले विपी कोइरालालाई पुजेर मात्रै हैन उहाँको आदर्श र पदचाप बुझेर अघि बढ्नुपर्ने बताए ।कांग्रेसीजनले विपीको आदर्श बुझेर पदचाप पछ्याउनुपर्छ, प्रजातन्त्र प्राप्तिपछि धेरै उपलब्धी भएका छन्, यसको रक्षार्थ पनि लाग्नुपर्छ ।” उहाँले शैक्षिक, स्वास्थ्य र भौतिक पूर्वाधारका क्षेत्रमा भएका उपलब्धीलाई विकास एवं प्रबद्र्धन गर्न आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले विपी कोइरालाको समाजवादको सिद्धान्त अनुसार अस्पतालमा दश प्रतिशत बेड छुट्याउन लगाई गरिव तथा निमुखा वर्गका लागि निःशुल्क उपचारको ब्यवस्था मिलाईएको बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले विपी कोइराला समकालीन राजनीतमा ‘क्रान्तिकारी’ बहुआयामिक नेता भएको उल्लेख गर्दै उहाँले विचार आदर्श नेपाली र नेपाली राजनीति रहेसम्म नमर्ने धारणा राखे । विचार राजनीतक विचारमा प्रखर बहुआयामिक उहाँ जस्तो व्यक्ति नेपालमा कोही आजसम्म जन्मेको छैन उनले भने।
’ हुमागाईले विपी कोइरालाको सिद्धान्तको विषय उठान गर्दै पार्टीमा नैतिकता कमजोर भए ग्राह्रो हुन नसक्ने भएकाले पार्टीका सबै तप्का नैतिकवान् बन्नुपर्ने आवश्यकता औंल्याए । नेता असल छन्, साथीहरु पनि राम्रै हुनुहुन्छ, धेरैले ज्यान पनि गुमाउनुभयो तर विचार छोड्न्भएन उनले भने ।’हुमागाईंले जिल्लाको सबै नेताहरु आज एउटै मञ्चमा भएको बताउँदै अब कही कतैबाट प्रश्न उठ्नेवाला छैन, मान्छे मिलीसकेका छौँ, कहीकतै मन मिल्न बाँकी भए तत्काल मिलाउँछौँ ।

एकमतका साथ अबको निर्वाचनमा कांग्रेस उठ्दा कांग्रेसबाहके कोही नजितोस् । जित गराएर तपाईहरुलाई हामी हस्तान्तरण गर्छौँ उनले दावी गरे । उहाँले हाल संविधान संसोधनका विषयमा उठेको कुरालाई अतिरञ्जित नगर्न आग्रह गर्दै राम्रा विषयलाई यथावत् राख्दै जनताका पक्षमा नदेखिएको विषयलाई मात्र संसोधन गर्न लागिएको बताए ।
पार्टीका अर्का केन्दीय सदस्य मधुप्रसाद आचार्यले महामानव विपीको विचार आज पनि उत्तिकै महत्वपूर्ण रहेकाले लोकतत्न्त्र बलियो बनाउन उहाँको आदर्श पछ्याउनुपर्ने बताए । यस्तै पार्टीका केन्द्रीय सदस्य गणेश लामाले महासमितिको निर्णयअनुसार अबका निर्वाचनमा पार्टी एक्लै लड्नुपर्ने बताए ।
सो अवसरमा पार्टीको बाग्मती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र वादे, काभ्रेपलाञ्चोक जिल्ला सभापति तिर्थ लामा लगायतले महामानव विपी कोइरालाको आदर्श विचार तथा योगदानबारे चर्चा गरेका थिए ।
कार्यक्रममा विविको शालिक निर्माणका लागि सहयोग पु¥याउने विभिन्न ब्यक्तिहरुलाई समेत सम्मान समेत गरिएको थियो ।
