After header

गोरखाको चुमनुब्री गाउँपालिका सामागाउँका बासिन्दाल रोके हेलिकप्टर उडान

काठमाडौ । गोरखाको चुमनुब्री गाउँपालिका सामागाउँका बासिन्दाल रोके हेलिकप्टर उडान रोक लगाएका छन् । निषेधित क्षेत्र खुल्ला गर्न माग राख्दै उनीहरु हेलिकप्टर उडानमा रोक लगाएको जनाएका छन् । विरोधस्वरुप उनीहरुले हेलिप्याडमा ढुंगा थुपारेका छन् भने झण्डा पनि गाडेका छन् ।

निषेधित क्षेत्र खुल्ला गर्नुपर्ने, हेलिकप्टर उडान प्रक्रिया सहज बनाउनुपर्ने लगायतका माग उनीहरुको छ । सम्बन्धित निकायले आफ्नो मागलाई बेवास्ता गरेका कारण हेलि उडानमा रोक लगाइएको स्थानीयहरु बताए ।

‘आठ दिनअघि नै हामीले हेलि उडान रोक्ने भनेका थियौं’, उनीहरुले भने, ‘सम्बन्धित निकायले तपाईको मागहरु लिखित रुपमा ल्याउनुस् भनेपछि गाउँ भेलाबाट निर्णय गरेर लिखित रुपमा मागहरु गृहमन्त्रालय, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा पठायौ ।’ पाँच दिनभित्र माग पूरा गर्न भनेपनि पुरा नभएपछि बिरोध स्वरुप हेलि उडान रोकेको उनीहरुको भनाई थियो ।

स्थानीयले हेलिकप्टर उडानमा रोक लगाएपछि मनास्लु क्षेत्र पुगेका पर्यटकहरु अलपत्र परेका छन् । प्रमुख जिल्ला अधिकारी भोला दाहालले समस्या समाधानका लागिसमन्वय भइरहेको बताए । ‘उहाँहरुको निर्णय हामीले माथि मन्त्रालयमा पठाइसकेका छौं’ उनले भने, ‘समस्या समाधानका लागि समन्वय पनि भइरहेको छ ।’

एक पटक पढ्नुहोस