काभ्रे । सहयोग गर्न धन हैन मन नै काफी हुन्छ । धनले केही गर्दैन तर, मन ठूलो हुनु पर्छ भन्ने सन्देश यतिबेला काभ्रेका एक समाजसेवी युवाले दिइरहेका छन् ।नमोबुद्ध नगरपालिका–३ का परीक्षण हुमागाई, उनको समाजसेवाका लागि केही समयदेखि नाम नै काफी हुँदै आएको छ । जब आपतविपद पर्छ उनी त्यस ठाउँमा आफूले सकेको राहत बोकेर पुगी हाल्छन् । उनी भन्छन् ‘सहयोग गर्न धन मात्रै भएर हँुदैन, सहयोग गर्न मन पनि चाहिन्छ ।’
यतिबेला काभ्रे जिल्लालगायत २१ जिल्लामा यही असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण धेरैले ज्यान गुमाएका छन् भने कतिपयको उठिबास लागेको छ । अविरल वर्षाका कारण काभ्रेको १३ वटा स्थानीय तहमध्ये धेरै ठाउँमा बाढीका कारण मानिसको उठिबासनै लागेको छ । भनिन्छ नि, मान्छेले चाहेर केही गर्न सक्दैन तर प्रकृतिले चाह्यो भने एकछिनमै विनास गरिदिन्छ भन्ने उदाहण गत शुक्रबार र शनिबार लगातार परेको पानीबाट प्रष्ट देखिन्छ ।
यस्तै यस्तै विपदमा सधै सहयोगी मनका धनी परीक्षणले विपतमा परेका ब्यक्तिहरुलाई खाना खुवाउँदै आफूले सक्ने सहयोगको प्रयास गरेका छन् । बाढीका कारण विपी राजमार्गअन्र्तगत नमोबुद्ध र रोशी गाउँपालिकाको सिमास्थल चौकीडाँडामा सडकको जगनै नरहने गरी रोशी खोलाको बाढीले बगाएपछि सोही रुटबाट मध्यपहाडी तथा पूर्वी क्षेत्रबाट काठमाडौ भित्रने सबै यात्रु अलपत्रमा परेका थिए ।
परीक्षणले त्यस क्षेत्रबाट आएका पैदल यात्रुलाई खाना, पानी र औषधीको ब्यवस्था गरे ।‘हाम्रो टिम नेपाल’को सहयोगमा परीक्षणले राजमार्गको भकुण्डेबेंसी, दाहालडाँडा र नौबिसेको चोकमा बसेर करिब दुई हजारलाई खाजा खुवाए भने एक हजार दुई पचास जनालाई खाना खुवाएका थिए । ‘हाम्रो टिम नेपालको सहयोगमा हामीले विपद्मा परेकालाई खाना र खाजा खुवाउँदै राहत सामग्री पनि बितरण ग¥यौँ” उनले भने ।
साथै उनले आफ्नो टिमसँगै मंगलबार पनौतीको मल्पी र रोशीको फलामेसाँघुमा गएर दुई गाडी राहत सामग्री बितरण गरेका छन् । उनको टिमले बुधबारदेखि अन्य स्थान बाढीपहिरो प्रभावित क्षेत्रमा पनि राहत सामग्री बितरण गर्ने योजना बनाएको बताए ।
परीक्षणको टिमले कही कतै राहतको अभाव भएमा आफुहरुलाई सम्पर्क गर्न मोबाइल नंवर (९८४३६७३१५८)समेत दिएका छन् ।