After header

बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु, १३ हजार ७१ जनाको उद्धार

काठमाडौँ । बाढीपहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छ भने १३ हजार ७१ जनाको उद्धार गरीएको गृह मन्त्रालयले जनाएको छ । हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् ।

अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ, भने खोज, उद्धार र सहायता परिचालन गरिएको उनको भनाई छ ।

प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

एक पटक पढ्नुहोस