काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।बैठक संसद् भवनको लोस्से हलमा अहिले ९ बजेपछि सुरु हुनेछ । बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेतालाई बोलाइएको छ ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदम बारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।
