After header

विपक्षी दलले आज राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै

काठमाडौं । विपक्षी दलले आज दिउसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउने भएको छ । सरकारका कामकारबाहीबाट असन्तुष्ट नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुले आज राष्ट्रपति पौडेलको समेत ध्यानाकर्षण गराउने जनाएको छ ।

प्रचण्डले आज बिहान पार्टी निकट बुद्धिजीवी संगठनका नेताहरुसँगको भेटमा पनि राष्ट्रपतिलाई भेट्न जाने जानकारी गराएका थिए । सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँच विपक्षी दलहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको उल्लेख गर्दै उनले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने बताएका थिए ।

यसअघि माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी र आम जनता पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

एक पटक पढ्नुहोस