After header

जनकपुरबाट २२१ किलो गाँजासहित भीमफेदीका प्रकाश पक्राउ

जनकपुरधाम । जनकपुरबाट २ सय २१ किलो गाँजासहित भीमफेदीका प्रकाश पक्राउ परेका छन् । प्रहरीले २ सय २१ किलो गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका–२ बस्ने २४ वर्षीय प्रकाश लुङ्गवा लाई पक्राउ गरिएको जनाएको छ ।

वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित चेकजाँचको क्रममा बाबा आयलस सेन्टर नजिकबाट ना. ५ ख १७७ नम्बरको मिनी ट्रकमा लुकाएर लैजाँदै गरेको गाँजासहित उनलाई पक्राउ गरेको हो ।

ट्रकमा फल्स बटन बनाएर राखेको १६ वटा पोकामा रहेको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेका चालक प्रकाशमाथि थप अनुसन्धान गरिरहेको छ प्रहरीले जनाएको छ ।

एक पटक पढ्नुहोस