After header

वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि रसुवागढी नाकाबाट आयात सुरु

रसुवा । वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि रसुवागढी नाकाबाट आयात सुरु भएको छ । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको हो ।

हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो । मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

केरुङबाट ७६ वटा मालवाहक कन्टेनर मितेरी पुलबाट नेपाल प्रवेश गरेको र नेपाली उत्पादन बोकेको तीनवटा मालवाहक र सामान आयात गर्ने एक गरी ४९ वटा नेपाली कन्टेनर चीनतर्फ गएका छन् ।राजमार्ग बन्द भई आयात ठप्प हुँदा राजस्व असुली समेत घटेको थियो ।

 

एक पटक पढ्नुहोस