काठमाडौं । केहि दिन अगाडि सामाजिक सञ्जालमा भाईरल फोटोको विषमा लिएर डा. निकोलस भुसाल पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ परेका प्रहरी स्रोत जनाएको छ ।
स्रोतका अनुसार उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामलाल ओलियाले भुसाल पक्राउ परेको र कास्की ल्याउन लागिएको जानकारी दिए ।
सुरक्षा स्रोतका अनुसार उनीमाथि साइबर क्राइम लाग्न सक्छ ।लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला फोटो खिचेको उनले स्वीकार गरेका थिए ।
