After header

दक्षिण कोरिया जाने नेपाली कामदार अब ५५ हजार रुपैयाँ हवाई भाडा

काठमाडौँ । दक्षिण कोरिया जाने नेपाली कामदार अब ५५ हजार रुपैयाँ हवाई भाडा लाग्ने भएको छ । यसअघि एक लाख २३ हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता रहेकोमा अब देखि ५५ हजारमा टिकट पाईने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदार अब झण्डै ५५ हजार रुपैयाँ भाडामै जान पाउने भएका हुन् । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले हवाई टिकटका लागि युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रा. लि.को प्रस्ताव स्वीकृति गरेको छ ।

प्रस्ताव स्वीकृत भएसँगै उसले अब ५४ हजार ९९१ रुपैयाँमा हवाई टिकट उपलब्ध गराउने छ । जुन भ्याटसहितको रकम हो ।उक्त कम्पनीले भ्याट बाहेक ४८ हजार ६४५ रुपैयाँको प्रस्ताव हालेको थियो ।। अब उक्त कम्पनीसँग सम्झौता भएपछि उक्त रकममा हवाई टिकट उपलब्ध गराउने ईपीएस कोरिया शाखाले जनाएको छ । अब ट्रान्जिट राखेर कामदारलाई कोरिया लैजानेछ । यसअघि सिधा हवाई उडानमार्फत कामदार लैजाने गरिएको थियो ।

एक पटक पढ्नुहोस