नेपाललाई एकदिवसीय मान्यता

काठमाडौं– विश्वकपमा छनोट हुने यात्राअन्तर्गत सुपर सिक्समा पुग्न असफल नेपालले इतिहासमै पहिलोपटक एकदिवसीय मान्यता पाएको छ। क्रिकेटको सर्वाेच्च निकाय आइसीसीबाट एशोसिएट मान्यता पाएको २२ वर्षपछि नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएको हो।

आइसीसी विश्व क्रिकेट छनोटअन्तर्गत विहीबार हङकङ नेदरल्याण्डस् सँग पराजित भएसँगै नेपाली टिमले एकदिवसीय मान्यता पाएको हो।

प्लेअफमा पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको नेपालले एकदिवसीय मान्यता पाउन हङकङले पराजित हुनुपर्ने थियो। नेदरल्याण्डस् सँग ४४ रनले हङकङ पराजित भएपछि नेपाललाई एकदिवसीय बाटो खुलेको हो।

यससँगै नेपालले २०२२ सम्म एकदिवसीय राष्ट्रका हैसियतमा खेल्न पाउनेछ।

एक पटक पढ्नुहोस