काठमाडौं । भोलि फागुन २१ गते बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन नेपाली काग्रेसले आफ्नो सासदलाई आग्रह गरेको छ । नेपाली कांग्रेसले २१ फागुनमा बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ ।
अध्यादेशहरू पारित गर्नका लागि अनिवार्य संसद् बैठकमा उपस्थित हुन सांसदहरुलाई ह्विप जारी गरिएको हो ।‘फागुन २१ गते १ बजे बस्ने संसदको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुनेहुँदा बैठकमा अनिवार्य उपस्थित भई अन्तिमसम्म रहन यो व्हिप जारी गरिन्छ,’ सांसदहरूलाई पठाइएको सन्देशमा उल्लेख छ । सरकारले भूमि सम्बन्धी बाहेकका ६ अध्यादेश पारित गर्नका लागि भोलि संसद्मा पेस गर्दैछ ।
