After header

२२ केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौँ । २२ केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ केजी गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका हुन् ।थाइल्याण्डबाट गाँजा लिएर आएका दुई जनालाई नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका उपसचिव शान्तिराज निरौलाले जानकारी दिए ।

पक्राउ पर्नेमा माडातादोम थाधा भायालिल र ताजहाया कालारोता छन् । थाइ एयरको उडानमार्फत काठमाडौँ आएका एक जनाको साथबाट १२ केजी र अर्काे आरोपीको साथबाट १० केजी गाँजा बरामद गरिएको उपसचिव निरौलाले जानकारी दिए ।

एक पटक पढ्नुहोस