After header

राष्ट्रिय सभा बैठक एक घण्टाका लागि स्थागित

काठमाडौं । राष्ट्रिय सभा बैठक एक घण्टाका लागि स्थागित भएको छ । प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्ती गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै उनीहरूले बैठक अवरोध गरेका हुन् ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि आग्रह गरे । यद्यपि, विपक्षी दलहरूको तर्फबाट बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले प्रधानमन्त्रीको जवाफ माग गरे ।त्यस्तै, नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रतिस्थापन विधेयक प्रमाणीकरण नहुने अवस्थामा पुग्न दिन नहुने भन्दै अवरोध नगर्न सत्तापक्षको तर्फबाट आग्रह गरे ।

प्रतिस्थापन विधेयकको प्रक्रिया नै रोकेर अघि बढ्दा आफ्नो दायित्वबाट चुकिने तर्क गर्दै अवरोध नगर्न आग्रह गरे ।

एक पटक पढ्नुहोस