थाइराइड हर्मोनको उपचार बिधि

थाइराइड हर्मोनका कारण धेरै मानिस पीडित छन् । एकातिर पानी मात्र खाँदा पनि मोटाउने जटिल समस्या छ भने अर्कोतिर जति खाए पनि मोटाउन नसक्ने समस्या छ । पुड्को, दुब्लो, अग्लो साथै मानसिक समस्या या नकारात्मक समस्याले हर्मोन्सको मात्र होइन शरीरका सबैजसो प्रणालीलाई कमजोर बनाइदिन्छ।

योगमा हर्मोन्सको उत्पादन, सञ्चालक तथा व्यवस्थापकका रुपमा ‘विशुद्ध चक्र’लाई मानिन्छ । थाइराइड, पाराथाइराइड ग्रन्थी, कण्ठ  यही चक्रअन्तर्गत पर्छ । यो चक्रलाई आकाश तत्व भनिन्छ, जो सर्वव्यापक हुन्छ । यो ग्रन्थीलाई नलीविहीन ग्रन्थी भनिन्छ । कण्ठमा उत्पादित हर्मोन्स बिनानली समग्र शरीरमा व्याप्त भई फैलिएको हुन्छ, आकाश जस्तै।

धेरै कारणले यो चक्र तथा हर्मोन्स कमजोर तथा रुग्ण हुन्छन् । विषाक्त खानपान, जंकफुड र श्रमरहित या व्यायामको अभाव, मानसिक तनाव, अति चञ्चलता, काम, क्रोध, लोभ, मोह, मद, अंहकारजस्ता नकारात्मक मानसिक विकृतिलाई प्रमुख कारण मानिन्छ ।
यसको समाधान योग विधिमा प्राणायाम, आसन, ध्यान, मन्त्र अर्थात् चक्रको ध्वनि (नाद) तथा रङको ध्यानजस्ता धेरै प्रक्रियाबाट गरिन्छ । त्यसमध्ये चक्रको सरल प्रक्रिया मन्त्र ध्वनिद्वारा समस्या समाधान गर्ने उपाय यहाँ दिइएको छ।

विधि
विशुद्घ चक्र अर्थात् आकाश तŒवमा सोह्र दल कमलका प्रत्येक पातमा मात्रिका अक्षर अं, आं, इं, ईं, उं, ऊं, ऋं, ऋृं, लृं, लृं, ऐं,एैं, ओं, औं, अं, अः हुन्छ । यसको मध्यमा बीज मन्त्र हुन्छ । यही बीज मन्त्र ‘हं’लाई लामो नादयुक्त ध्वनि बनाउने र मनमनैले मात्रिका अक्षर ‘अं’ देखि ‘अः’ सम्म जपिरहने । यो आकाश तŒव भएको हुनाले शून्यको ध्यान गर्ने । साथै, यसका सबै मन्त्रलाई प्रस्ट र शुद्घ उच्चारण मात्रै पनि गर्न सकिन्छ । प्रत्येक मन्त्रको छुट्टै आकार, आकृति, फरक ध्वनि अनि दबाब र प्रभाव तथा कम्पन हुन्छ । विशेष परिस्थितिमा कम्तिमा पा“च मिनेट यसको अभ्यास गर्दा उत्तम हुन्छ।

लाभ
यो मन्त्रको अभ्यासले भोकलकर्ड, टन्सिल, थाइराइड, पाराथाइराइड, स्वरनली, अन्ननली, रक्तनली, श्वासनलीलाई सक्रिय बनाइदिन्छ । साथै, मस्तिष्क र शरीरलाई जोड्ने ‘नभ्र्स सिस्टम’को नाडी तथा नसालाई मन्त्रको ध्वनिले राम्रोस“ग कम्पन गराई विभिन्न कारणले निस्क्रिय भएका नाडी नसालाई सक्रिय गराइदिन्छ । फलस्वरुप हर्मोन्सको सन्तुलन, व्यवस्थापन, उत्पादन तथा विकास भई क्रियाशील हुन्छ।

हर्मोन्सले विवेकपूर्वक सारा प्रणालीलाई सञ्चालन गरिरहेको हुन्छ । यसको गडबडीले छाती ठूलो हुनुपर्नेमा सानो हुने, पेट सानो हुनुपर्नेमा ठुलो  हुनेजस्ता समस्या आउन सक्छ । त्यस्तै, सबै प्रकारका रस रसायन धातुहरु अर्थात् भिटामिन, प्रोटिन, क्षारहरु कुन अंगलाई के चाहिन्छ, हर्मोन्सले नै व्यवस्थापन गर्छ । रगतलाई आइरन, हड्डीलाई क्याल्सियम तŒवहरुको सम्पूर्ण व्यवस्थापन यही हर्मोन्सले गरेको हुन्छ । त्यसैले हर्मोन्सलाई राम्रोस“ग निर्माण र विकास गर्न सक्यौं भने यसबाट धेरै लाभ पाइन्छ ।

एक पटक पढ्नुहोस