After header

सेनाको २६ वाहिनी भकुण्डेबेशीको आयोजनामा ‘अभ्यास मनसुन–५’ प्रदर्शन

काभ्रे । नेपाली सेनाद्वारा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरुप आज काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटस्थित इन्द्रावती नदीमा ‘अभ्यास मनसुन–५’ प्रदर्शन गरिएको छ ।

नेपाली सेनाको श्री नं २६ बाहिनी अड्डा भकुण्डेबेंसीद्वारा आयोजित उक्त पूर्वअभ्यास प्रदर्शनमा सेनाको काभ्रेपलाञ्चोकका श्री मेहर गण र त्रिनेत्रदल गण तथा श्री इन्द्रध्वज गण सिन्धुपाल्चोकले विशेष सहभागिता जनाएका हुन् । बाढीपहिरो लक्षित उक्त प्रदर्शनमा बाढीले बगाएका तथा घाइतेको विभिन्न कला उवं स्थानीय स्रोत–साधनद्वारा उद्धारका आठ वटा प्रदर्शन गरिएको थियो । यी उद्धार प्रदर्शनमा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्ला प्रशासन तथा प्रहरी, नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताल लगायत स्थानीय तहले सहभागिता जनाएका थिए ।

 

उक्त कार्यक्रममा काठमाडौ उपत्यका पृतनापति उपरथी विष्णु राउतले गरेर विपद्बाट सम्भावित क्षतिलाई रोक्न तथा न्यीनीकरण गर्न तालिम अभ्यास प्रभाविकारी हुने बताए । उनले अन्यभन्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक बाढीपहिरोको उच्च जोखिमम रहेको घटनाले देखाएकाले सबैपक्ष जोखिम न्यूनीकरणमा लाग्नुपर्ने आवयश्कता औँल्याए । “फष्ट रेष्पोण्डर घटनास्थल नजिकको समुदाय नै हो, समुदायलाई सचेतना गराई यसबारे तालिमसमेत दिनुपर्छ”, उनले भने । उनले पूर्वानुमानअनुसार गम्भीरतापूर्वक सबै पक्षले आ–आफ्नै ढङ्गले तयारी रहनुपर्ने उनको भनाई थियो ।

सो अवसरमा काभ्रेपलाञ्चोकका जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतमले नेपाली सेनाले विपद्का बेला पु¥याएको योगदानबारे चर्चा गर्दै २०७२ सालको बिनासकारी भुकम्पका बेला सञ्चालन गरेको ‘अपरेशन संकटमोचन’बाट अधिकांश पीडितलाई उद्धार तथा राहतको ब्यवस्थापन गरेको बताए ।

‘सेनाले मधेश प्रदेशको टोर्नाडो (हुरिबतास)बाट पीडिलाई तत्कालै चार सय घर बनाईदिएर राहत दिलाएको घटनाले निकैलाई चकित नै बनाएको छ, यो निकै प्रशंसनीय कार्य हो’ उनले भने । उनले गत साल असोजको बाढीपहिरोले काभ्रेमा ठूलो जनधनको क्षति हुँदा सेनाले गरेको उद्धारको समेत प्रशंसा गरे ।

उनले मनसुन नजिकिँदै आइरहेको अवस्थामा भारी वर्षाको कारण पहाडी भू–भागका खोला तथा नदी आसपासका बस्ती हरूमा बाढीको जोखिम हुने तथा पहिरो गई जनधनको ठुलो क्षति हुन सक्ने जस्ता प्राकृतिक बिपदबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै आयोजना गरिएको घटना अभ्यासले बाढी आएको समयमा स्थानीय तथा सुरक्षाकर्मीहरूले स्थानीय श्रोत र साधनको समुचित प्रयोग गरी कसरी उद्धार गर्ने बारे जानकारी दिएकोमा सेनालाई धन्यावाद दिएका थिए ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले अभ्यास र तालिमले सुरक्षाकर्मीलाई थप साहसिक एवं प्रशिक्षित गराउने बताए । काभ्रे जिल्ला बहुपक्षीय विपद्को जोखिममा रहेको र समय समयमा गरिने यस्ता कृत्रिम अभ्यासले सम्भावित जोखिम न्यूनीकरण गर्न ठुलो भूमिका खेल्ने उनले बताए । सिन्धुपाल्चोकका प्रजिअ किरण थापाले नेपाल निर्माण गर्ने सेनाले नागरिककोसमेत सुरक्षा गर्नुपर्ने दायित्व रहेको बताए ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले तालिम र अभ्यासले विपद् प्रतिकार्यमा सहजता मिल्ने भएकाले स्थानीयस्तरको जनशक्तिलाई पनि उद्धारसम्बनधी तालिम प्रदान गर्नुपर्ने आवश्यकता औँल्याईन् ।बाहिनीपति निर्जलबहादुर अधिकारीले कार्यक्रममा स्वागत गर्दै विकासका मोलमा सुदृढिकरण नहुँदा तथा अब्यवस्थित बसोबासका कारण पनि विपद्को उच्च जोखिम बढ्दै ब्यवस्थापनमा चुनौतिपूर्ण बन्दै गएको बताए ।

यसअघि काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सुरक्षाकर्मीले संयुक्तरुपमा ‘अभ्यास मनसुन–१’ देखि ‘अभ्यास मनसुन–४’ सम्म बर्षैपिच्छे मनसुनअघि दुवै जिल्ला भएर बग्ने इन्द्रवती र सुनकोशी नदीमा पूर्वउद्धार प्रदर्शन गरेका थिए । ती संयुक्त पूर्वाभ्यासमा शसस्त्र प्रहरी अधिकृत तथा जवानद्वारा बाढीमा बगेको, डुवेको, पहिरोमा फसेको तथा बाढीमै फसेका व्यक्तिहरुलाई उद्धारसम्बन्धी प्रदर्शन गरिएको थियो । यस्तै, प्रहरी आफैं उद्धारका क्रममा बाढीमा फसेको र आफैं जोगिन सफल भएकोसमेत प्रदर्शन गरिएको थियो ।

एक पटक पढ्नुहोस