काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सुरु भयो जनाईएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक सुरु भएको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेको नेसपासँग पार्टी एकता र अभियानको समीक्षाबारे छलफल हुने जनाएको छ ।
सोमबार बिहान ललितपुरको ग्वार्कोमा एकता घोषणा कार्यक्रम हुनेछ, जसमा प्रचण्ड लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेसपासँग पार्टी एकताबारे निर्णय, अभियानको समीक्षा, समसामयिक राजनीतिबारे छलफल हुनेछ । सोमबार बिहान साढे ११ बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्याङ्क्वेटमा एकता घोषणा कार्यक्रम तय गरिएको हो ।
