काठमाडौँ । काठमाडौंको रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्था कडा परिएको छ । नेकपा एमालेको कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।
सो क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने प्रहरीले जनाएको छ । भृकुटीमण्डपमा एमालेले बिहान ११ बजे कार्यक्रम राखेको छ भने राप्रपा लगायत राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा हुने भएको छ । प्रशासनले उनीहरूका लागि दिउँसो साढे दुई बजेपछिको समय तोकिदिएको छ ।
