काभ्रे । नेपाली काँग्रेस काभ्रेका युवा नेता, नेविसघं काभ्रेका पूर्व अध्यक्ष एवं सबै यूवाहरुका ढुकढुकी नृपेश वादेले आफ्नो जन्मदिन काभ्रेको बनेपा नगरपालिका वडा नं. ९ मा रहेको बृद्धाश्रममा मनाएका छन् । मंगलबार परेको आफ्नो जन्मदिनको अवसरमा बनेपाको ध्यानकुटीमा रहेको बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुसँगै खाना खाएर मनाएका हुन ।
जन्मदिन भन्दै पार्टी गरेर फजुल पैसा खर्च गर्नुको साटो त्यो पैसा सामाजिक काममा खर्च गर्न सके सबैको हित हुने भएकाले १० बर्षदेखि बृद्धाआश्रममा जन्मदिन मनाउने गरेको नृपेश वादेले जानकारी दिए । जन्मदिनको नाममा लाखौं रकम खर्च गरेर साथीभाइसँग पार्टी मनाएर जन्मदिन मनाउनुभन्दा वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सहयोग गर्नु ठूलो धर्म हुने भएकाले वृद्धाश्रममा रहेका वृद्धवृद्धासँग खुशीयाली साटासाट गर्दै जन्मदिन मनाए आएको छु उनले भने ।
उनले आफ्नो जन्म दिनको अलाम यस अघिका विभिन्न समयमा सहयोग गदै आएका छन् । उनले २०७२ सालको भुकम्प होस् वा कोभिडका समयमा पनि हरेका दिन काभ्रेका रहेको विपन्न परिवारका लागि सहयोग गदै आएका थिए । उनले आफ्नो जन्मदिनमा मंगलबार बृद्धाश्रममा बृद्धाहरुँगै खाना खाएर सुखदुख साट्दै खाद्यान्न लगायतका सामाग्री समेत हस्तान्तरण गरेका छन् । नृपेशले बिगत केहि वर्ष देखि आफ्नो जन्मदिन आश्रममा रहेका बृद्धबृद्धाहरुसंग मनाउदै आएका छन् ।