After header

४० जना महिलाको उद्धार

काठमाडौं । विदेशमा काम लगाईदिने आश्वास दिदै गैरकानुनी रुपमा विदेश पठाउन लागेका ४० जना महिलाको उद्धार गरेको छ । भारत हुँदै खाडी मुलक लैजान लागेका उनीहरुलाई  सुनौली नाकाबाट ४० जना नेपालीको उद्धार गरिएको जनाईएको छ । विदेशमा काम लगाइदिने भन्दै गैरकानुनी रुपमा त्यहाँ पु¥याइएका उनीहरुलाई उद्धार गरिएको हो ।

उनीहरुलाई घरेलु कामदारका रुपमा कुवेत, साउदी, ओमान र दुबइलगायतका खाडी मुलुकहरूमा लैजान लागिएको खुलेको छ । उनीहरूला नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इन्डिया’ले उद्धार गरेको हो । उनीहरूलाई आज काठमाडौं ल्याइँदैछ ।

एक पटक पढ्नुहोस