शुटिंगको क्रममा घाइते भइन आलिया

बलिउड अभिनेत्री आलिया भट फिल्मको सुटिङसेटमा घाइते भएकी छन्। उनी मंगलबार घाइते भएको भारतिय संचारमाध्यमले जनाएका छन् । उनलाई दाहिने पाखुरा र काँधमा चोट लागेको छ ।

उनी ‘ब्रम्हास्त्र’ फिल्मको सुटिङको दौरानमा घाइते भएकी हुन्। हाल फिल्मको सुटिङ बुल्गेरियामा चलिरहेको छ। चिकित्सकले आलियालाई १५ दिन आराम गर्ने सल्लाह दिएका छन्।

एक पटक पढ्नुहोस