After header

संविधान दिवस मनाउँदै एमाले, सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेकपा एमालेले च्यासलस्थित पार्टी कार्यालयमा संविधान दिवस मनाउँदैछ भने त्यहाको सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यक्रमका लागि नेता कार्यकर्ताहरु च्यासल पुग्ने क्रम जारी छ । च्यासलमा संविधान दिवसको कार्यक्रम हुने तय भएपछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

बिहानैदेखि नेपाल प्रहरीको बाक्लो उपस्थिती छ । कार्यालय परिसर र आसपास प्रहरी परिचालित छ । भदौ २३ गते जेनजीले सुरू गरेको आन्दोलन भोलिपल्ट सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत र विभिन्न सरकारी कार्यालय तथा निजी भवनहरुमा आगजनी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

त्यसयता उनी नेपाली सेनाको सुरक्षामा शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा बस्दै आएका थिए । उनी बिहीबारमात्रै सेनाको सुरक्षाबाट बाहिर निस्किएका हुन् । च्यासलमा आज हुन लागेको कार्यक्रममा ओली उपस्थित हुने÷नहुनेबारे पार्टीले केही खुलाएको छैन ।

एक पटक पढ्नुहोस