After header

दुर्घटनामा घाईते भएका पूर्व मेयर तिमल्सिनाको निधन

काभ्रे । काभ्रे जिल्लाको नमोवुद्ध नगरपालिकाका पुर्व नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको निधन भएको छ । गत साउन १० गते सवारी दुर्घटनामा गम्भीर घाइते हुनुभएका तिमल्सिनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा आज विहान निधन भएको छ । पुर्व नगर प्रमुख तिमल्सिना स्कुटर दुर्घटनामा घाइते भएका थिए ।

नार्के बाट काठमाण्डौ तर्फ जादै गरेको बा ६२ प ३५७८ नं.को स्कुटरले बिपरित दिशा बाट आउदै गरेको बा.प्र. ०३–०२–००७ प ८८०० नं. को स्कुरटलाई ठक्कर दिएको थियो । दुर्घटनामा बा.प्र. ०३–०२–००७ प ८८०० नं. को स्कुटर चालक नमोबुद्ध २ वस्ने किशोर तिमल्सिना सामान्य घाईते भएका थिए ।

स्कुटरमा पछाडि सवार उनका बुबा ७२ वर्षीय टिपी शर्मा तिमल्सिना गम्भिर घाईते भएका थिए । स्वर्गीय तिमल्सिनाको दाहसंस्कार भकुण्डेबेशीमा गरिने जनाईएको छ ।

एक पटक पढ्नुहोस