काभ्रे । साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको मधुमधुकर खण्डकाव्य र शान्ति निबन्ध संग्रह एक समारोह बीच बीच लोकार्पण भएको छ । पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि साहित्यकार सूर्यप्रसाद लाकोजूले एक कार्यक्रम बीच लोकार्पण गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि लाकोजूले सिर्जना कर्म चेतनाको कर्म भएको बताए । काव्यकार गोपाल पौड्याल मण्डनेले आफू जहाँ रहे पनि नेपाली साहित्य आफू सँगै रहने भावना पोखे । समालोचक तुयुकाजी ताम्राकारले डा गोपाल पौड्यालका दुई कृति मध्य मधुमधुकर आकारमा सानो तर मार्मिक रहेको बिचार पोखे । शान्ति पनि पठनीय रहेको बिचार पोखे । कार्यक्रममा साहित्यकार ध्रुबकृष्ण ताम्राकार, शम्भुलाल श्रेष्ठ ,बिजयराम कर्माचार्य लगायतले मन्तव्य राखेका थिए ।
काभ्रे जिल्लाको मण्डनदेउपुरमा जन्मेका गोपाल पौड्यालले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन् । उनको यो मधुमधुकर खण्डकाव्य भित्र प्रेम प्रणयको विषय छ । शान्ति निबन्ध संग्रहमा विविध विषयका निबन्धहरू समाविष्ट छन । पुस्तक लोकार्पण कार्यक्रम नेपाली लेखक संघ काभ्रे शाखाको आयोजनामा भएको थियो ।
