After header

प्राविधिक भन्छन् ः मतदानका लागि तयार छौं

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । विद्युतीय मेसिनबाट मतदान हुन लागेको हो ।मंगलबार साँझ हुने भनिएको मतदान केही प्राविधिक समस्याका कारण आज बिहानलाई सारिएको थियो । अब भने सबै समस्या समाधान भएकोले मेसिनहरु मतदानका लागि तयार भएको प्राविधिकहरुले जनाएका छना ् ।

मतदान सुरु गर्न प्राविधिक टोली तयार भइसकेको छ । ‘अब प्राविधिक समस्या छैन । हाम्रोतर्फबाट काम सकिएको छ । निर्वाचन आयोगको आदेश आएपछि मतदान गर्न सकिन्छ’ ।मतदानको लागि ८० वटा मेसिन राखिएको छ । रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेको विद्युतीय मेसिनबाट हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् । केपी ओली र ईश्वर पोखरेल समूह प्रतिस्पर्धामा छन् ।

एक पटक पढ्नुहोस