काठमाडौं । आज बिहान साढे १० बजेभित्र रिजल्ट आउट हुने एमाले निर्वाचन आयोगका प्रवक्ता भरत पोखरेलले जानकारी दिएका छन् । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएपछि मतगणनाको प्रक्रिया सुरु गरिएको छ ।
बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने र साढे १० बजेभित्र नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको छ ।
भृकुटीमण्डपमा ८० वटा विद्युतीय मेसिनमार्फत् भोटिङ भएको थियो । २ हजार २६३ प्रतिनिधिहरुमध्ये २ हजार २२७ जनाले मतदान गरेका छन् । यसअनुसार ३६ जना अनुपस्थित भएका छन् ।
