काभ्रे । लामो समय नेकपा एमालेमा रहेको विभिन्न पदमा काम गरेका कृष्ण प्रसाद खनाल ( विराज ) नेकपा एमाले पार्टी परित्याग गरि नेपाली काग्रेँसमा प्रवेश गरेका छन् । नेकपा एमालेको २०४९ का तत्कालीन काभ्रे गाउँ सचिव भएर गाविस चलाएका उनी करीब ३० वर्ष एमालेमा रहेका खनाल पार्टी छोडेर काग्रेसमा प्रवेश गरेका हुन् ।
कानुन व्यवसाय समेत रहेका खनालले आफु मौरी कामदारको रुपमा रहेर नेपाली काग्रेस पार्टीलाई सधैव सहयोग गर्ने प्रतिवद्धता गरे । मौरी कामदारको रुपमा भोलिका दिन रहने छु, तर म मौरीको रानो बन्न आफु पार्टी प्रवेश गरेको हैन उनले भने । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं काभ्रेका प्रभावशाली नेता शिब हुमागाईले खनाललाई टिका र खादा लगाएर स्वागत गरेका थिए ।

नव प्रवेशी खनालले नेकपा एमालेको कार्यशैली प्रति चरम असन्तुष्टि जनाउँदै आफ्नो ३० बर्षिय कम्युनिष्ट जिवनलाई त्यागि कांग्रेसमा प्रवेश गरेको बताए । हाल समाजमा मौलाउदै गएको बेथिति, विसङ्गति जनप्रतिनिधिको उन्माद, घमण्ड साथै विकासको नाममा भएको चरम भ्रष्टाचारले सीमा नाघेको हुँदा एमाले परित्याग गरेको उनको भनाई छ ।
काग्रेसमा कुनै पदका लागि आफु प्रवेश गरेको हैन । मलाई कुनै पदमा लोभ छैन, बाकी जिवन नेपाली काग्रेँस पार्टीलाई सहयोग र साथ दिएर अगाडि बढ्ने बताए । अब नेपाली कांग्रेसको भूमिका महत्वपूणर्न हुने र समाज रूपान्तरणमा कांग्रेसले महत्वपूणर्न योगदान दिन सक्ने कुरामा आफूहरू विश्वस्त रहेको नवप्रवेशी खनालले बताए ।
