काठमाडौं । निर्वाचन आयोगले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र गरेको छ । यही फागुन २१ गते निर्वाचन गराउने कर्मचारी र सुरक्षाकर्मीहरु आज अपराह्नसम्म देशभरका मतदान केन्द्रहरुमा परिचालिन हुने भएका छन् । दुर्गम र विकट भेगका मतदान केन्द्रहरुमा केही दिनदेखि नै सुरक्षाकर्मीहरु सहितको टोली पुगिसकेको छ ।
यातायातको सुविधा पुगेको ठाउँमा सोमबार अपराह्नसम्म केन्द्रमा पुग्न र तयारी गर्न निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन दिइसकेको छ ।‘सोमबार बेलुकीसम्म सबै ठाउँका मतदान केन्द्रहरुमा कर्मचारी र सुरक्षाकर्मीहरुको टोली पुग्नुपर्छ भनेर हामीले यसअघि नै निर्देशन दिइसकेका छौं’ निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ।
‘निर्वाचन सामग्री पुगेर मतदान केन्द्रमा पुग्ने उनीहरुले सोमबार नै केही कामहरु समेत गर्नुपर्ने हुन्छ ।’प्रवक्ता भट्टराईका अनुसार, सोमबार अपराह्नसम्म चारकिल्ला तोकेर मतदान केन्द्रको हाता तोकिएको सूचना टास्नुपर्छ ।
