चेन्नईले बैंग्लोरलाई ६ विकेटले हरायो

ण्डियन पि्रमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले हराएको छ ।

बिराट कोहलीले टिमले दिएको १२८ रनको लक्ष्य चेन्नईले १२ बल बाँकी छँदा चार विकेट गुमाएर भेट्टायो । उसका लागि अम्बाती राडयूले ३२ रन जोडे भने एमएस धोनीले ३१ र सुरेश रैनाले २५ रन जोडे ।

यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ९ विकेट गुमाएर मात्र १२७ रन बनाएको थियो । उसका ओपनर पार्थिव पट्टेलले ५३ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

कोहली मात्र ८ रनमा आउट भएका थिए । आठौं नम्बरमा आएका टिम साउथीले ३६ रनको महत्वपूर्ण पारी खेले ।

उसलाई सस्तैमा समेट्ने क्रममा रविन्द्र जडेजाले ३ विकेट लिएका थिए भने हरभजन सिंहले २ विकेट हात पारे ।

एक पटक पढ्नुहोस