After header

आँखा धमिलो देखिनुको कारण यस्तो हुनसक्छ

आँखा शरीरको महत्वपूर्ण अंग हो । सुन्दर संसार आँखाकै कारण हाम्रो मानसपटलमा खिचिन्छ अनि आँखाकै कारण जीवन सार्थक पनि हुन्छ । संस्कृतमा भनाइ छ- ‘सर्वेन्द्रियाणां नयनं प्रधानम्’ अर्थात् इन्द्रियहरूमध्ये प्रमुख इन्द्रिय आँखा हो । यो धनाइले आँखाको महत्व उजागर गरेको छ ।

जीवनशैलीका कारण आँखामा विभिन्न समस्या देखिन सक्छन् । कतिपय अवस्थामा हेर्दा आँखा धमिलो हुने गर्छ । यसलाई मानिसहरूले थकानको संज्ञा दिने गर्छन् । जब कि आँखासम्बन्धी विभिन्न समस्याका कारण पनि आँखा धमिलो हुने गर्दछ ।

आखा चिम्लँदा वा आँखा पखालेमा पनि यस्ता समस्या क्षणभरमै ठिक हुन्छ तर कहिलेकाहीँ केही रोगका कारण पनि आँखा धमिलो हुने गर्छ ।

पटक पटक आाखा धमिलो हुने समस्या देखिए त्यसलाई गम्भीर रूपमा लिन जरुरी छ । संवेदनशील अंग आँखामा देखाएको सानोतिनो लापरवाहीले पनि शरीरमा गम्भीर रोग निम्त्याउन सक्ने हुँदा यसबारे बेलैमा सचेत हुन आवश्यक छ ।

मधुमेह

मधुमेह रोगका कारण आँखा धमिलो हुने गर्छ । मधुमेह भएमा त्यसले आँखाको रेटिनामा असर पार्दछ, जसका कारण रेटिनोप्याथी मधुमेह हुने गर्दछ । त्यसबाहेक मधुमेहकै कारण रेटिना सुन्निने गर्दछ, जसलाई म्याक्युला पनि भनिन्छ । म्याक्युला भएमा आँखाको रेटिनाभित्रका रक्तबाहिनी अचानक बढ्ने गर्छ, वा नयाँ तरिकाका रक्तबाहिनीको निर्माण हुने गर्छ । जसका कारण आँखा सुन्निने तथा आँखाबाट रगत बग्ने गर्दछ ।

स्ट्रोक

स्ट्रोकका कारण पनि आँखा धमिलो हुने गर्छ । स्ट्रोक भएमा शरीरमा कम्पन हु्ने, अनुहारमा पसिना आउने, हिँड्दा हिँड्दै लडेजस्तो हुने, हुत्तिने, बोल्दाबोल्दै आवाज परिवर्तन हुने तथा बोल्नमा समस्या हुने आदि लक्षण देखा पर्छन् ।

प्रिक्लेम्पसिया

गर्भवती अवस्थामा महिलाको शरीर बढी कमजोर तथा संवेदनशील हुने गर्दछ । कमजोरीकै कारण गर्भवती महिलामा धमिलो देेख्ने तथा आँखाअघि अँध्यारो छाउने गर्छ । यस्ता समस्या आफैंमा गम्भीर हुने भएकाले विशेष ध्यान दिन जरुरी छ । क्लेम्पसिया  जस्तो गम्भीर रोग लागेमा पनि यस्तो समस्या निम्तने गर्छ ।  विशेषगरी रक्तचाप उच्च भएमा वा पिसाबमा प्रोटिनको मात्रा उच्च भएमा पनि यो समस्या देखिने गर्छ । यस्तो समस्या त्यस्ता महिलालाई बढी हुन्छ, जसको गर्भावस्थाकै क्रममा अचानक रक्तचाप बढ्ने गर्छ । अधिकांश अवस्थाहरूमा यो समस्या गर्भावस्थाको २० महिनापश्चात मात्र देखिन सुरु हुन्छ । यो रोग लागेमा आमा र बच्चा दुवैको ज्यान समेत जानसक्छ ।

आँखाको थकान

पर्याप्त निद्राको कमीका कारण पनि आँखामा असर पर्छ । विशेषगरी आँखामा थकान महसुस भए आँखा धमिलो हुने गर्छ । धमिलो देखेमा केही समयका लागि आँखा बन्द गरेर चिसो पानी वा वरफले सेक्नुपर्छ । यसबाट आँखाको थकान कम हुन्छ र अँाखाले पुनः स्पष्ट देेख्न थाल्छ ।

माइग्रेन

माइग्रेन वा टाउको दुख्ने समस्याका कारण पनि कहिलेकाहीँ दृष्टि धमिलो हुने गर्छ । कतिपय मानिसहरूले माइग्रेनलाई नै सामान्य दुखाइ सम्झने गर्छन् । माइग्रेन आफैंमा एक गम्भीर समस्या हो । माइग्रेनकै कारण आखाले संवेदनशीलता गुमाउँछ, जसका कारण आँखाअघि अँध्यारो हुने गर्छ ।

एक पटक पढ्नुहोस